काठमाण्डौ । कक्षा १२ को स्थगित परीक्षा वैशाख २१ गतेबाट सुरु हुने भएको छ । मंगलबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डका पदाधिकारीलाई बोलाएर परीक्षा सार्न निर्देशन दिएका थिए ।
यसअघि मंगलबार बिहान बसेको बोर्डको बैठकले शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।