मंगलवार, असार १७,२०८२ 06:31:00
  • मंगलवार, असार १७,२०८२ 06:31:00
Global IME Bank Limited

नेपाल मोबाइल वितरक संघका नवनिर्वाचित पदाधिकारीहरूलाई एमपिआइएद्वारा बधाई तथा स्वागत

Hyundai Nepal
नेपाल मोबाइल वितरक संघका नवनिर्वाचित पदाधिकारीहरूलाई एमपिआइएद्वारा बधाई तथा स्वागत
Nabil Bank Limited

काठमाण्डौ । मोबाइल फोन इम्पोर्टर्स एशोसिएशन (एमपिआइए) ले नेपाल मोबाइल वितरक संघ (एनएमडिए) का नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।

एमपिआइएका अध्यक्ष दीपककुमार मल्होत्राले एनएमडिए का नवनिर्वाचित अध्यक्ष रघु त्रिपाठीसहित सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे । साथै, दुई कार्यकालसम्म एनएमडिएको नेतृत्व सफलता साथ सम्हालेका निवर्तमान अध्यक्ष दिनेश चुल्याद्योलाई पनि धन्यवाद तथा प्रशंसा प्रकट गर्दै उनको योगदानको उच्च मूल्याङ्कन गरे ।

CG Motors
Muktinath Bikas Bank Limited

अध्यक्ष मल्होत्राले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को प्रभावकारी कार्यान्वयनमा एमपिआइए, एनएमडिए र नेपाल मोबाइल व्यवसायी महासंघ (एफएनएमबिए) बीच सहकार्यलाई अझ सशक्त बनाउँदै सुरक्षित, व्यवस्थित र मर्यादित मोबाइल व्यवसाय वातावरण निर्माणमा जोड दिए । उनले उपभोक्तालाई गुणस्तरीय सेवा र सुविधा सुनिश्चित गर्नु नै सबैको साझा लक्ष्य हुनुपर्ने धारणा राखे ।

एमपिआइएका उपाध्यक्ष संजय अग्रवालले मोबाइल क्षेत्रमा व्याप्त असुरक्षित उधारो कारोबारलाई नियन्त्रणमा ल्याउन र अबैध मोबाइल आयातलाई रोक्न तत्कालीन आवश्यकता रहेको विचार व्यक्त गरे ।

एनएमडिएका नवनिर्वाचित अध्यक्ष रघु त्रिपाठीले एमपिआइए र एनएमडिएबीच आगामी दिनमा अझ सुदृढ समन्वयका साथ मोबाइल व्यवसायको प्रवद्र्धन र व्यवसायिक शुद्धता कायम राख्नआफ्नो प्रतिबद्धता जाहेर गरे । उनले मोबाइल बजारमा देखा परेका चुनौतीहरू र भविष्यका सम्भावनाहरूको चर्चा गर्दै सहकार्यमै सम्भावनाको मार्ग खुल्ने विश्वास व्यक्त गरे ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.