शुक्रबार, असार १३,२०८२ 02:19:40
  • शुक्रबार, असार १३,२०८२ 02:19:40
Global IME Bank Limited

नेपाल वेयरहाउजिङले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

Hyundai Nepal
नेपाल वेयरहाउजिङले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
Nabil Bank Limited

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं साधारण सभा डाकेको हो ।  

बैठकले आगामी जेठ ८ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग क्याटररमा अपरान्ह २ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो । उक्त सभामा  कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै संशाधेन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै सभामा सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.