सोमबार, बैशाख १५,२०८२ 06:13:32
IME remit
  • सोमबार, बैशाख १५,२०८२ 06:13:32
IME remit
Global IME Bank Limited

नेपाललाई गहुँमा आत्मनिर्भर बनाउने ऐतिहासिक कदम !

Hyundai Nepal
नेपाललाई गहुँमा आत्मनिर्भर बनाउने ऐतिहासिक कदम !
Nabil Bank Limited

काठमाण्डौ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भन्डारीको प्रमुख आतिथ्य र नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा होटल हिल्टन, काठमाण्डौमा वैशाख १२ गते सम्पन्न भयो ।  

यस अवसरमा मन्त्री दामोदर भण्डारीज्यूको उपस्थितिमा नेपाल मैदा उद्योग संघ र भारतको Agriwatc कम्पनीबीच कृषि क्षेत्रमा सूचना प्रवाह, विश्लेषण र परामर्श शेवाहरु प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भयो । भ–उपग्रहको प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गर्न निजी क्षेत्रको प्रयासमा पहिलो पटक यो सम्झौता भएको छ । वैज्ञानिक आधारमा बालीको तथ्यांक, किसानहरूको समस्याको गहिरो बुझाइ, र लक्षित समाधानहरू लागू गरेर, नेपालले आगामी तीन वर्षभित्र गहुँमा पूर्ण आत्मनिर्भरता हासिल गर्ने ठूलो सम्भावना राख्दछ । यो महत्वाकांक्षी लक्ष्य हासिल गर्न नेपाल सरकार र सबै सरोकारवालाहरूको निरन्तर बलियो समर्थन र सहकार्य अत्यन्त आवश्यक हुने जनाइएको छ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यस सम्झोैताबाट नेपालले लिन सक्ने फाईदाहरु,

क. कृषि बजार सूचना र विश्लेषणः  नेपालको कृषि वस्तुहरूको मुल्य संकलन गर्छ । यसले दैनिक, साप्ताहिक, र मासिक रिपोर्टहरू मार्फत बजार विश्लेषण प्रदान जसले कृषक र व्यापारीलाई निर्णय लिन सहयोग पुर्‍याउँछ ।

ख. कृषि वस्तु अनुसन्धान र परामर्शः कम्पनीले कृषि वस्तुहरूको अनुसन्धान र परामर्श सेवाहरू प्रदान गर्दछ, जसमा उत्पादन, उपभोग, आयात र निर्यात विश्लेषण, र बजार प्रवृत्तिहरू समावेश छन्। ।

ग. कृषि निवेश अध्ययन र सल्लाहः बीउ, मल, र अन्य कृषि निवेशको अध्ययन र सल्लाह प्रदान गर्दछ । कृषकहरूलाई उपयुक्त वालि छनोट गर्न मद्दत गर्दछ ।

घ. डिजिटल कृषि समाधानहरूः डिजिटल कृषि समाधानहरू जस्तै एआइ आधारित बाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श, र बजार जडान सेवाहरू प्रदान गरी कृषकहरूलाई आधुनिक प्रविधिको उपयोगमा सक्षम बनाउनका साथै देशको यथार्थ कृषि तथ्याङ्क निकाल्छ । जसले गर्दा नेपालमा कृषिको उत्पादन आयात निर्यात र भोलिको दिनमा नेपाल सरकारले अपनाउन पर्ने कृषि रणनीतिको बारेमा सहजीकरण गर्दछ ।  

ङ. कृषि समाचार र जानकारीः एग्रीवाचले कृषि सम्बन्धी ताजा समाचार, वस्तु मुल्यहरू, र बजार रिपोर्टहरू प्रकाशित गर्दछ, जसले कृषक र अन्य सरोकारवालाहरूलाई अद्यावधिक जानकारी प्रदान गर्दछ ।

Muktinath Bikas Bank Limited

साथैे, यस कार्यक्रमको अर्को प्रमुख उपलब्धि भनेको भारत सरकारको राष्ट्रिय सहकारी निर्यात लिमिटेड  (National Cooperative Expert Limited  –एनईसीएल) का प्रबन्ध निर्देशक उनुपम कौशिकको उपस्थिति रहेको थियो । भारत सरकारले कृषि क्षेत्रको प्रबद्र्धन र कोटा निर्यात लगाएत कृषि संग सम्बन्धित विषयमा एनईसीएललाई पूर्ण अधिकार प्रत्यायोजन गर्ने हुंदा भारतको औद्योगिक बस्तु निर्यातमा एनईसीएलको ठुलो हात रहेको छ । भारतले नेपाललाई दिएको २ लाख टन गहुं लगाएत विगतमा चिनी लगाएतका खाद्यान्न नेपाल आयात गर्दा एनईसीएलमार्फतनै आर्यात गरिएको थियो । एनईसीएल र नेपालको सम्बन्धमा अझ प्रगाढ ल्याउने उद्देश्य अनुरुप प्रबन्ध निर्देशकलाई संघको विषेश अनुरोधमा नेपाल आमन्त्रण गरिएको जनाइएको छ

साथै सभामा नेपालकै जेठो मैदा उद्योग खाद्य उद्योग लिमिटेड र संघको संस्थापक अध्यक्ष रविन्द्र बहादुर श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.