काठमाण्डौ । नेपाल विद्यालय कर्मचारी परिषद्ले नेपाल शिक्षक महासंघ र सरकारबीच बुधबार भएको सहमतिप्रति असहमति जनाएको छ । परिषद्ले आज एक विज्ञप्ति जारी गर्दै नेपाल विद्यालय कर्मचारी परिषदको संस्थागत धारण बाहेकको सहमतिको घोर भत्सर्ना गर्ने जनाएको छ ।
‘नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलनको २९ औँ दिन प्रश्चात वैशाख १७ गतेका दिन नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको बार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल बिद्यालय कर्मचारी परिषद, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउदै नेपाल बिद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौँ,’ विज्ञप्तीमा भनिएको छ, ‘साथै थप कार्यक्रम समीक्षा बैठक पश्चात् कार्यक्रमहरु सार्वजनिक गरिने समेत सबैमा जानकारी गर्दछौँ ।’


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।