बिहीबार, श्रावण २१,२०८३ 08:47:32
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 08:47:33
Bizshala
Global IME Bank Limited

कक्षा १२ को परीक्षा आजदेखि, ५.११ लाख परीक्षार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा आजदेखि, ५.११ लाख परीक्षार्थी सहभागी हुँदै
New Office

काठमाण्डौ । आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजे हुनेछ।

आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षामा कुल ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदैछन् । जसमा ५ हजार २०२ विद्यालयका नियमिततर्फ १ लाख ९८ हजार ८७५ छात्र र १ लाख ९७ हजार १३ छात्रा गरी ३ लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना रहेका छन् ।  

सबैभन्दा धेरै काठमाण्डौबाट ६८ हजार १३३ जना र सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् ।  

परीक्षाका लागि देशभर १ हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ सबैभन्दा बढी काठमाण्डौमा १६२ र कम मनाङ(मुस्ताङमा एकएक केन्द्र निर्धारण गरिएको छ।

परीक्षाका लागि त्यत्ति नै संख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी संख्याका आधारमा करिब २ हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.