सोमबार, बैशाख ७,२०८३ 03:46:01
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 03:46:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ई–सेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश अभियान’अन्तर्गत अन्जुलालाई घर हस्तान्तरण

Bizshala
ई–सेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश अभियान’अन्तर्गत अन्जुलालाई घर हस्तान्तरण
Shivam Cement

काठमाण्डौ । ‘मेरो डिजिटल देश’अभियानअन्तर्गत,ई–सेवा मनि ट्रान्सफरले भाग्यशाली विजेता अञ्जुला घिमिरेलाई घर हस्तान्तरण गरेको छ। उक्त कार्यक्रम कम्पनीका ब्राण्ड एम्बेष्डर तथा कम्पनी व्यवस्थापन समितिका सदस्यहरूको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी घर हस्तान्तरण गरिएको हो ।  

ई–सेवा मनि ट्रान्सफरले नोभेम्बर २८, २०२४ मा कान्तिपुर टेलिभिजन, ई–सेवा मनि ट्रान्सफर र र्ई–सेवाका आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारित डिजिटल गोलाप्रथाको माध्यमबाट ‘मेरो डिजिटल देश’ अभियानको विजेता घोषणा गरेको थियो।जसअन्तर्गत,रोमानियामा विगत दुईवर्षदेखि पिज्जा बनाउने कम्पनीमा कार्यरत अन्जुला घिमिरे भाग्यशाली विजेता बन्न सफल भएकी हुन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ई–सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विजेता अन्जुला घिमिरे र उनको परिवारलाई सपनाको घर जितेको अवसरमा बधाई दिँदै, विश्वभर रहेका नेपालीहरूको उत्साहजनक सहभागिताप्रति आभार व्यक्त गरे। साथै, उनले यो अभियानको सफलतासँगै डिजिटल रेमिट्यान्समार्फत सुरक्षित, सहज र पारदर्शी लेनदेनको महत्त्वलाई पुनःजोड दिँदै आफ्नो खुशी व्यक्त गरे।

CG Motors
Garima Development Bank
IME remit

ई–सेवा मनि ट्रान्सफरले बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो।डिजिटल रेमिट्यान्सलाई प्रवर्द्धन गर्दै आएको कम्पनीले उक्त अभियानअन्तर्गत ,विश्वभर रहेका नेपालीहरूले नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाउँदा एक भाग्यशाली विजेतालाई बम्पर उपहार स्वरुप काठमाण्डौमा साढे दुई तल्लाको घर प्रदान गर्ने घोषणा गरेको थियो।१ असोज २०८० देखि ३० कार्तिक २०८१ सम्म रेमिट्यान्स पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । साथै, यो अभियानअन्तर्गत सेवाग्राहीको घरसम्म पुगेर आकर्षक उपहारहरू समेत प्रदान गरिएको थियो।

बम्पर पुरस्कार विजेता अन्जुला घिमिरेले विजेता घोषित भएकोमा अत्यन्तै खुशी र कृतज्ञता व्यक्त गरिन।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.