काठमाण्डौ । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप नेपालको निधन भएको छ ।
थापाथलीस्थित नर्भिक अस्पतालमा पछिल्लो समय ५ दिनदेखि उपचार गराइरहेका नेता नेपालको केहीबेरअघि निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
'उहाँको भर्खरै निधन भएको छ । हामी केहीबेरपछि नै त्यसको डिक्लेयर गर्दैछौं ।' उच्च स्रोतले भन्यो-'नेता नेपालको निधनप्रति हामी स्तब्ध छौं ।'
एमालेमा बौद्धिक र शालिन नेताको रुपमा चिनिने नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित छन् । केही वर्षदेखि उनी राजनीतिक गतिविधिमा निष्क्रिय थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।