बुधबार, बैशाख २,२०८३ 05:25:22
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 05:25:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकासँगको सबै ट्यारिफ हटाउदै शुन्यमा झार्ने जापानी प्रधानमन्त्रीको लक्ष्य

Bizshala
अमेरिकासँगको सबै ट्यारिफ हटाउदै शुन्यमा झार्ने जापानी प्रधानमन्त्रीको लक्ष्य
Shivam Cement

काठमाण्डौ । जापानका प्रधानमन्त्री सिगेरु ईसीबाले अमेरिकासँगको व्यापारिक सम्झौतामा सबै प्रकारका ट्यारिफ हटाउने उद्देश्य लिएको बताएका छन् । जापानको फुजी टेलिभिजनलाई एक अन्तर्वार्ता दिदै ईसीबाले अमेरिकासँगको व्यापारिक सम्झौताका विषयमा छलफल भईरहेको र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टोकियोको सम्बन्ध राम्रो रहेका बताएका छन् ।  

ईसीबाले गत बिहिबार बेलायतसँग अमेरिकाले १० प्रतिशत आधारभूत ट्यारिफ कायम राख्दै कार आयातमा घटाइएको भन्सार शुल्कको मोडल व्यापारिक सम्झौताका लागि एउटा कदम हुन सक्ने बताए । तर उनले आफूले अमेरिकासँग शुन्य प्रतिशत ट्यारिफका लागि प्रयास गर्ने बताए ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आयातमा भन्सार शुल्क लगाउदा अमेरिकी ग्राहकहरुका लागि कारको खरिद महङ्गो पर्ने बताउदै उनले अमेरिकी अर्थतन्त्रका लागि भएपनि ट्यारिफ घटाउनु पर्नेमा जोड दिए ।  

ट्रम्पले गत शुक्रबार विभिन्न देशहरुसँग व्यापारिक सम्झौताहरु भईरहेपनि १० प्रतिशत आधाभूत ट्यारिफ भने कायमै रहने बताएका थिए । तर महत्वपूर्ण व्यापारिक प्रस्ताव गर्ने देशहरुलाई भने थप छुटपनि प्रदान गर्न सकिने उनले बताएका थिए ।  

यतिेबला जापानले अटो क्षेत्रमा २५ प्रतिशत ट्यारिफको सामना गरिरहेको छ र अन्य सामाग्रीहरुमा २४ प्रतिशत पारस्परिक शुल्क लगाइएको छ ।    

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.