जापानमा सुत्ने प्रतियोगिता, विजेताले २२ लाख येन पुरस्कार पाउने
काठमाण्डौ । जापानमा अब राम्रोसँग सुत्नु पनि प्रतियोगिताको विषय बन्ने भएको छ। जापानको एक म्याट्रेस कम्पनीले राजधानी टोकियोमा यस्तो अनौठो ‘स्लीपिङ टुर्नामेन्ट’ आयोजना गर्ने भएको हो, जसमा उत्कृष्ट निद्रा लिन सफल प्रतियोगीले २२ लाख २० हजार जापानी येनसम्मको पुरस्कार जित्न सक्नेछन्।प्रतियोगिता आगामी अक्टोबर ५ मा टोकियोस्थित सेयर ग्रिन मिनामी आओयामामा आयोजना हुने बताइएको छ।...

