काठमाण्डौ । जापान लामो समयसम्म विश्वको चौथो ठूलो अर्थतन्त्रको रुपमा रह्यो । तर केही समयअघि भारतले जापानको स्थान आगटेको छ । यससँगै जापान विश्वको पाचौं ठूलो अर्थतन्त्रमा खस्किएको छ ।
जापानको अर्थतन्त्र केही समयदेखि संकटमा परेजस्तो देखिन्छ र यसपछाडिका कारण सीएफओको एउटा अध्ययनमा विज्ञहरुले उल्लेख गरेका छन् । विज्ञहरुले जापानले लामो समयसम्म शुन्य प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनु नै अर्थतन्त्र खस्किनुको मुख्य कारण रहेको बताएका छन् । जापानको उक्त नीति नै अहिले उसका लागि भारी परिरहेको विज्ञहरुको निष्कर्ष रहेको छ ।
जापानले सुस्त आर्थिक वृद्धि, डिफ्लेशन र जनसांख्यिकीय गिरावटबाट बाहिर आउनका लागि दशकौंसम्म शुन्य प्रतिशत वा त्यसको आसपासमा कर्जा उपलब्ध गराएको थियो । यहासम्म कि कुनै कुनै बेला त यो दर ऋणात्मकसम्म कायम भएको थियो । केन्द्रीय बैंक, बैंक अफ जापानले सरकारी बोन्ड खरिद गर्यो र कर्जाको लागत कम राख्ने प्रतिबद्धता समेत जाहेर गर्यो । यसबाट प्रणालीमा पैसाको बाढी नै आयो ।
यसको मुख्य कारण कर्जालाई सस्तो राख्नु थियो । जसबाट व्यवसाय र परिवारको खर्च लगानी गर्न सकियोस् । तर जापान सरकारले यो निर्णयलाई केही धेरैनै विस्तार गर्यो । जुन वैश्विक मध्यस्थता मेशिन(ग्लोबल आर्बिट्रेज मेशिन) तथा यही सेटअपबाट येन क्यारी ट्रेडको जन्म भयो । येन क्यारी ट्रेड एउटा लगानी रणनीति हो । जसमा लगानीकर्ताले कम ब्याजदर भएको मुद्रा जापानी येनमा कर्जा लिन सक्छन् र उच्च ब्याजदर भएको अन्य मुद्रामा सम्पत्तिमा लगानी गर्नका लागि त्यो सम्पत्तिको उपयोग गर्न सक्छन् । यसको उद्देश्य दुईवटा मुद्राका बीच ब्याजदरको अन्तरबाट लाभ लिनु हो ।
यो येन क्यारी ट्रेडमा माध्यमबाट लगानीकर्ताले येनलाई लभगभ शुन्यदरमा कर्जा लिए र पैसालाई ती क्षेत्रमा लगाए जहाँ प्रतिफल धेरै हुन्छ । लगानीकर्ताले बढ्दो बजार, अमेरिकी सेयर,विश्व रियल स्टेट प्रोपटी जस्ता क्षेत्रमा लगानी गरे । यसको अंक गणित एकदम सरल थियो–शुन्य प्रतिशत ब्याजदरमा कर्जा लिने र ५ प्रतिशत कमाउने र स्पे्रेड गोजीमा राख्ने । जबसम्म जापानले ब्याजदर कम राख्यो र येन कमजोर बन्यो तबसम्म व्यापार चलिरह्यो । तर यसबीचमा फेरि उलटफेर भयो र अवस्था पूर्ण रुपमा परिवर्तन भयो ।
गत वर्ष मार्चमा महङ्गी निरन्तर बढेसँगै र येनपनि न्यून विन्दुमा पुगेपछि बैंक अफ जापान ब्याजदर बढाउन बाध्य बन्यो र तीव्र रुपमा आफ्नो अल्ट्रा लुज पोलिसीको कदमबाट पछि हट्न थाल्यो । यो कदमले येन क्यारी ट्रेडलाई तोड्यो । यसको प्रभाव यो पर्यो कि लगानीकर्तालाई पोजिशन परिवर्तन गर्नका लागि कसरत गर्न सुरु गरे र येनको मूल्य बढ्न पुग्यो । यसको प्रभाव स्वरुप जापानको अर्थतन्त्र पछि पर्न गयो ।
यस्तोमा अब जापान दुईवटा ठूलो दबाबमा फसेको छ । एउटा देशको महङ्गीलाई नियन्त्रण गर्नु र अर्को येनलाई सुरक्षित राख्नु । अर्थात ब्याजदर कम राख्नु र पूँजी पलायनको जोखिम उठाउनु । विश्लेषकहरुले अब जापानको पुरानो नीतिले काम गर्न छाडेको दाबी गरेका छन् । जापानको अर्थतन्त्रलाई सम्हालेका ती प्ुराना आर्थिक औजारले अब उल्टो प्रभाव देखाउन थालेका छन् । यसमा शुन्य ब्याजदर, ठूलो परिमाणमा बोन्डको खरिद र कमजोर मुद्रा समावेश छन् ।
विज्ञहरुले यसलाई जापानको मात्रै नभई दशकौंदेखि सस्तो तरलतामा निर्माण भएको विश्वको आर्थिक प्रणालीका लागि पनि खतराको घण्टी भएको बताएका छन् ।