बुधबार, बैशाख २,२०८३ 05:26:32
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 05:26:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जापान आर्थिक मन्दीको खतरा बाहिर,बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र

Bizshala
जापान आर्थिक मन्दीको खतरा बाहिर,बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र
Shivam Cement

काठमाण्डौ । जापान आर्थिक मन्दीको दुष्चक्रबाट बाहिर निक्लिएको छ । चौथौ त्रैमासमा अर्थतन्त्रमा वार्षिक ०.४ प्रतिशतको वृद्धि देखिएसँगै जापानले आर्थिक मन्दीको खतरालाई टारेको हो ।  

यो वृद्धि ०.४ प्रतिशत संकुचन आउने सुरुवाति आँकलनभन्दा राम्रो हो । यद्यपी यो वृद्धि अर्थशास्त्रीहरुले गरेको १.१ प्रतिशत वृद्धिको प्रक्ष्येपणभन्दा भने कम नै हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नयाँ ताजा आँकडा अनुसार जापान विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ । तेस्रो स्थानमा जर्मनी रहेको छ । कल कारखाना र मेसिनरी प्रविधिमा कम्पनीहरुले गरेको लगानीका कारण जापानले प्राविधिक आर्थिक मन्दीलाई टारेको हो ।  

त्रैमासिक रुपमा भने जापानको जीडीपी ०.१ प्रतिशतले बढेको छ । जुन सुरुवाति ०.१ प्रतिशतको गिरावट भन्दा धेरै हो ।  

सुरुवातमा ०.१ प्रतिशतले घटेको पूँजीगत खर्च २ प्रतिशतले वृद्धि भएको छ । जापानको केन्द्रीय बैंकले नकारात्मक ब्याजदरलाई घटाउने बजारको अपेक्षासँगे जापानको अर्थतन्त्रमा सुधार देखिएको हो । बैंक अफ जापानका सञ्चालक समितिका सदस्यहरुले जापानको केन्द्रीय बैंक २ प्रतिशत मुद्रास्फिीतितर्फ अग्रसर भईरहेको बताएका थिए ।  

तर अक्टोबर–डिसेम्बर महिनामा जापानको अर्थतन्त्रको ६० प्रतिशत हिस्सा ओगटेको निजी उपभोग भने ०.३ प्रतिशतले घटेको छ । जुन ०.२ प्रतिशत गिरावटको सुरुवाति प्रक्ष्येपणभन्दा धेरै हो ।  गत साता जापानमा लगातार २२ महिना मुद्रास्फीति–समायोजित वास्तविक ज्यालामा गिरावट आएको थियो । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.