काठमाण्डौ । जापानका पहिलो महिला प्रधानमन्त्री सानेई ताकाइचीले नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम सिफारिस गर्ने योजनामा रहेको धेरै जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
एनटिभीका अनुसार टाकाइचीले ट्रम्पलाई आफ्नो मनसाय बताउन तयारी गरिरहेका छन्। पाकिस्तान र कम्बोडियाले यस अवार्डका लागि ट्रम्पको नाम सिफारिस गरिसकेका छन् ।
तर, सन् २०२५ को नोबेल शान्ति पुरस्कार घोषणा भइसकेको छ । यो अवार्ड भेनेजुएलाकी राजनीतिज्ञ मारिया कोरिना मचाडोलाई प्रदान गरिएको छ ।
नोबेल शान्ति पुरस्कार राष्ट्रहरू बीच भाइचारा प्रवर्द्धन गर्न, सैन्य तैनाती घटाउन, वा शान्ति सम्मेलनहरू आयोजना र प्रवर्द्धन गर्न उत्कृष्ट काम गरेको व्यक्ति वा संस्थाहरूलाई प्रदान गरिन्छ।

