बुधबार, बैशाख २,२०८३ 05:24:40
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 05:24:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हालसम्मकै धेरै बजेट ल्याउने योजनामा जापान, सेयर बजारमा हरियाली

Bizshala
हालसम्मकै धेरै बजेट ल्याउने योजनामा जापान, सेयर बजारमा हरियाली
Shivam Cement

काठमाण्डौ । जापान सरकारले हालसम्मकै धेरै बजेट ल्याउने भएको छ । आगामी अप्रिलदेखि सुरु हुने नयाँ आर्थिक वर्षका लागि जापान सरकारले ७३५ बिलियन डलरबराबरको बजेट ल्याउने तयारी गरेको हो ।  

बढ्दो सामाजिक सुरक्षा दायित्व र कर्जा भुक्तानी खर्च जस्ता कारणले जापानको बजेटको आकार रेकर्डतोड स्तर पुगेको जनाइएको छ । अर्थतन्त्रलाई उकास्न सरकारमाथि थप दबाब पार्दै जापानको केन्द्रीय बैंक दशक लामो पुनर्उत्थानको कार्यक्रमबाट पन्छिएसँगै जापान सरकारले ११५.५ ट्रिलियन येनबराबरको बजेटको मस्यौदा तयार पारेको छ ।यस्तै सरकारले आगामी वर्ष नयाँ बोन्ड निष्कासनमा समेत कटौती गर्ने योजना बनाएको छ । यसअघि ३५.४ ट्रिलियन येनबराबरको नयाँ बोन्ड जारी गर्ने भनिएकोमा अब आगामी आवमा २८.६ ट्रिलियन येन जारी गर्ने योजनामा जापान सरकार रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यससँगै विगत १७ वर्षमा जापानमा पहिलोपटक नयाँ बोन्ड निष्कासन ३० ट्रिलियन डलरभन्दा कम हुने भएको छ ।  

‘स्टक–स्टार्ट फिस्कल स्पेन्डिङ’ र दशक लामो सुधारका कार्यक्रमहरुले जापानलाई विश्वकै सर्वाधिक ऋण भएको औद्योगिक देशको रुपमा उभ्याएको छ । हाल जापानको ऋण वार्षिक आर्थिक उत्पादनको तुलनामा दोब्बर पुगेको छ । यस्तै जापानको केन्द्रीय बैंकको पुनर्उत्थान कार्यक्रमले समेत जापानको वित्तीय स्वास्थ्यमा दबाब परेको जनाइएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

जापान सरकारले रेकर्डतोड बजेट ल्याउने खबर बाहिरिएसँगै आज जापानको सेयर बजारमा हरियाली छाएको छ । आज जापानको सेयर बजार मापक इनडेक्स,‘निक्की२२५’ ०.५३ प्रतिशत अर्थात २०५ अंकले बढेको छ । अटो निर्माता कम्पनी निसान र होन्डाको सेयरमूल्य क्रमशः ५.०९ र ४.१५ प्रतिशतले बढेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.