काठमाण्डौ । बढ्दो मुद्रास्फीति र जीवनयापनको बढ्दो लागतको दबाबबीच जापानको केन्द्रीय बैंकले आफ्नो प्रमुख ब्याजदरलाई ३० वर्षयताकै उच्च तहमा पुर्याएको छ ।
शुक्रबार गरेको यो निर्णयमा बैंक अफ जापानको नीति बोर्डले बेन्चमार्क ब्याजदर एक चौथाई प्रतिशतले बढाएको हो ।
जसपश्चात ब्याजदर ०.७५ प्रतिशतको हाराहारीमा पुगेको छ । बैठकको नेतृत्व बैंकका गभर्नर काजुओ उइदाले गरेका थिए । जापानका नयाँ प्रधानमन्त्री सनाइ ताकाइचीले मुद्रास्फीति नियन्त्रणमा ल्याउन चाहेको बेला यो निर्णय आएको हो ।
जनवरी यता बैंक अफ जापानले ब्याजदर बढाएको यो पहिलोपटक हो । यसबाहेक, साने ताकाइची र काजुओ उएडाले आफ्नो वर्तमान पदहरू ग्रहण गरेपछि यो पहिलो दर वृद्धि हो।

