बुधबार, बैशाख २,२०८३ 05:32:55
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 05:32:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जापानमा अज्ञात दाताबाट पानीको समस्या समाधान गर्न २१ केजी सुन दान

Bizshala
जापानमा अज्ञात दाताबाट पानीको समस्या समाधान गर्न २१ केजी सुन दान
Shivam Cement

काठमाण्डौ । जापानको कान्साई क्षेत्रस्थित तेस्रो ठूलो सहर ओसाकाले पुरानो पानी वितरण प्रणाली सुधारका लागि अज्ञात दाताबाट २१ केजी सुन प्राप्त गरेको छ।

सुनको मूल्य ५६ करोड येन (३६ लाख अमेरिकी डलर) रहेको छ। ओसाकाका मेयर हिदेयुकी योकोयामाले बिहीबार पत्रकार सम्मेलनमा उक्त दानबारे जानकारी दिँदै दाताले आफ्नो पहिचान सार्वजनिक नगरेको बताए।

ओसाका झन्डै ३० लाख जनसंख्या भएको व्यस्त व्यापारिक केन्द्र हो। तर अन्य जापानी शहरहरूजस्तै यहाँको पानी वितरण र ढल निकास पाइपहरू पुराना भइसकेका छन्। यस कारणले सुरक्षा र दैनिक जीवनमा समस्या उत्पन्न भइरहेको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सन् २०२४ को आर्थिक वर्षमा ओसाकामा पाइप फुटेर बाटोमुनिबाट पानी चुहावट भएका ९० भन्दा बढी घटनाहरू रिपोर्ट भएका थिए। जापानमा २० प्रतिशतभन्दा बढी पाइपलाइनले कानूनी रूपमा निर्धारित ४० वर्षको आयु पार गरिसकेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मेयर योकोयामाले भने, ‘पुराना पाइपहरूबाट उत्पन्न समस्या समाधान गर्न ठूलो लगानी आवश्यक छ। त्यसैले अहिले प्राप्त दान अत्यन्तै महत्वपूर्ण छ।’

उनका अनुसार अज्ञात दाताले यसअघि पनि ओसाकाको पानी वितरण प्रणाली सुधारका लागि पाँच लाख येन दान दिइसकेका थिए।

CG Motors
Garima Development Bank
IME remit

ओसाकाको पानी वितरण निकायले विज्ञप्ति जारी गर्दै दाताप्रति कृतज्ञता व्यक्त गरेको छ र प्राप्त दान पुराना पाइपहरूबाट उत्पन्न समस्या समाधानमा सदुपयोग हुने जनाएको छ।

जापानमा बाटोमा खाडल पर्नु सामान्य समस्या बनेको छ, जसमा पुराना ढल पाइपहरू बढी जिम्मेवार मानिन्छन्। गत वर्ष साइतामा जिल्लामा बनेको ठूलो खाडलमा ट्रकको अघिल्लो भाग खस्दा चालकको मृत्यु भएको थियो।

अधिकारिहरू खिया लागेको पाइपहरू प्रतिस्थापन गर्न प्रयास गरिरहेका छन्, तर बजेट अभावका कारण नयाँ पाइप बिछ्याउने काममा प्रगति सीमित रहेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.