काठमाण्डौ । जापानकी प्रधानमन्त्री साने ताकाचीले शुक्रबार संसद् विघटन गर्दै आगामी फेब्रुअरी ८ मा निर्वाचन घोषणा गरेकी छिन्। जापानको ४६५ सदस्यीय तल्लो सदनको विघटनसँगै १२ दिने चुनाव प्रचारको बाटो खुलेको छ । जुन मंगलवारदेखि आधिकारिक रूपमा सुरु हुनेछ।
जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा अक्टोबरमा निर्वाचित भएकी ताकाची तीन महिनामात्रै कार्यभारमा रहनेछिन् र उनको लोकप्रियता करिब ७० प्रतिशतको उच्च दरमा रहेको जनाइएको छ। उनले आफ्नो व्यक्तिगत लोकप्रियतालाई सदनमा सत्तारुढ दललाई बलियो बनाउन प्रयोग गर्न सक्ने जनाइएको छ ।
ताकाचीको नेतृत्वको सत्तारुढ गठबन्धन—लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र जापान इनोभेसन पार्टी (जेकेपी)को तल्लो सदनमा धोरै बहुमत रहेको छ ।
चुनावको मुख्य मुद्दा उपभोक्ताका लागि मूल्य वृद्धिको नियन्त्रण र चीनसँग बढ्दो तनावमा सुरक्षा नीति हुने जनाइएको छ ।

