बुधबार, माघ २१,२०८२ 02:52:27
Bizshala
  • बुधबार, माघ २१,२०८२ 02:52:27
Bizshala
Global IME Bank Limited
Bizshala

जम्मू–कश्मीरको जनजीवन सामान्य बन्दै

जम्मू–कश्मीरको जनजीवन सामान्य बन्दै
Shivam Cement

काठमाण्डौ । भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व रोकिएसँगै जम्मू–कश्मीरको जनजीवन सामान्य अवस्थामा फर्किएको छ । मंगलबार, श्रीनगर र नियन्त्रण रेखा नजिकका क्षेत्रहरू बाहेक सबै जिल्लाहरूमा स्कूल, कलेज र विश्वविद्यालयहरूमा कक्षाहरू पुनः सुचारु भएको छ। विमानस्थलका अधिकारीहरूका अनुसार मंगलबारदेखि श्रीनगर र जम्मु विमानस्थलबाट नियमित उडानहरू सुचारु भएका छन्।

हजयात्रीको पहिलो समूह मे ४ मा प्रस्थान गर्ने भएपनि सीमामा तनावका कारण हजयात्रीको प्रस्थान रोकिएको थियो । सरकारले बुधबार बिहानैदेखि हजको टोली प्रस्थान गर्ने घोषणा गरेको छ ।

Bizshala
Garima Development Bank
New Office

तर, मंगलबार भारतको निजी एयरलाइन्स ‘एयर इन्डिया’ले जम्मूका लागि उडान रद्द गरेको छ भने ‘इन्डिगो’ले जम्मू र श्रीनगरका लागि उडान रद्द गरेको छ । अर्कोतर्फ, सरकारले नियन्त्रण रेखा नजिकका गाउँहरूबाट विस्थापित भएर अस्थायी आवास शिविरमा पुगेका मानिसहरूलाई फर्काउन विशेष बसको व्यवस्था गरेको छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

चार दिन लामो सैन्य संघर्षका क्रममा उरी, टाङ्धार, कर्नाह, मझिल, चौकीबललगायत सीमावर्ती गाउँमा गोला खसेका थिए, जसमध्ये धेरैलाई सुरक्षाकर्मीले निष्प्रभावी गरिरहेको जनाइएको छ ।यसैबीच, जम्मू कश्मीर लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हा र मुख्यमन्त्री उमर अब्दुल्लाले सोमबार राजौरी र पुन्चको भ्रमण गरी क्षतिको आकलन गर्न र प्रभावित परिवारहरूलाई भेटेका छन् । 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.