बुधबार, श्रावण १४,२०८२ 01:52:13
  • बुधबार, श्रावण १४,२०८२ 01:52:13
Global IME Bank Limited

सार्वजनिक ऋण २६.२२ खर्ब पुग्यो

Hyundai Nepal
सार्वजनिक ऋण २६.२२ खर्ब पुग्यो
Shivam Cement

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो कुल गार्हस्थ्य उत्पादनको ४२.९५ प्रतिशत हुन आउछ ।  

चालु आर्थिक वर्षको सुरुवतामा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । जुन पछिल्लो १० महिनामा १ खर्ब ८८ अर्ब ३० करोड थप वृद्धि भई २६ खर्ब २२ अर्ब ४० करोड पुगेको हो ।

Muktinath Bikas Bank Limited

कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१.६९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४८.३१ प्रतिशत रहेको छ । वैशाख महिनाको सार्वजनिक ऋण अघिल्लो महिनाको तुलनामा कम हो। गत चैत मसान्तसम्ममा कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड थियो ।  

चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा वैशाख मसान्तसम्ममा ३ खर्ब ९० अर्ब ८३ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कूल ऋण प्राप्ति ७१.४५ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक ऋण ७७.०५ र बाह्य ऋण २२.९५ प्रतिशत रहेको छ । 

चालु आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये हालसम्म ३ खर्ब १ अर्ब १४ करोड उठाएको छ भने २८ अर्ब ८५ करोड आन्तरिक ऋण उठाउन बाँकी छ । सरकारले चालु आर्थिक वर्षका लागि कुल ५ खर्ब ४७ अर्ब रुपैयाँबराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.