काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको स्वतन्त्र सञ्चालकमा गोविन्द चालिसे नियुक्त भएका छन् । कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले चालिसेलाई स्वतन्त्र विशेषज्ञ सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
लामो समयदेखि विभिन्न जलविद्युत परियोजनाहरुको निर्माण तथा सञ्चालन क्षेत्रमा कार्यरत रहेको चालिसे कम्पनीको आयोजना निर्माणको सुरुवातदेखि नै संलग्न रहँदै आएका छन् । यस क्षेत्रमा उनको लामो अनुभव र विज्ञता समेत रहेको छ ।
चालिसेलाई आगामी ४ वर्षका लागि उक्त पदमा नियुक्त गरिएको हो ।