रुरु जलविद्युतको हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल नियुक्त
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि एनआईएमबि एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । यस्तै बैठकले कम्पनीको ‘इस्युअर रेटिङ’का लागि इक्रा नेपालरसँग आवश्यक सम्झौता गर्ने समेत निर्णय गरेको छ ।