काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले अन्य जलविद्युत् कम्पनीमा लगानी विस्तार गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले म्याग्दी हाइड्रोपावर लिमिटेडको जगेडा संस्थापक सेयर खरिद गर्ने निर्णय गरेको हो।
रुरु जलविद्युत् परियोजना लिमिटेडको सञ्चालक समितिको असार २५ गते बेलुका साढे ५ बजे कम्पनीको रजिष्टर्ड कार्यालय काठमामण्डौमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकको निर्णयअनुसार म्याग्दी हाइड्रोपावर लिमिटेडको ८ लाख कित्ता जगेडा संस्थापक सेयरमा लगानी गरिनेछ। प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त सेयर खरिदका लागि कम्पनीले कुल ८ करोड रुपैयाँ लगानी गर्ने भएको हो।

