काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको कम्पनी सचिवमा किशोर प्रसाद घिमिरे नियुक्त भएका छन् । साउन २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनी सचिवको पदमा घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई साउन २९ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ ।