काठमाण्डौ । सरकारले आगामी आवको बजेटमा रासायनिक मल अनुदानका लागि पौने २९ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्दै आगामी आवको बजेटमा रासायनिक मल अनुदानका लागि २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको हो ।
साथै आगामी आवको बजेटमा रासायनिक मल व्यवस्थाका लागि कलकारखाना निर्माणमा सरकारले आवश्यक प्रक्रिया अघि बढाउनेछ । माटोको गुणस्तर भने कायम राख्ने अर्थमन्त्री पौडेलले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।