काठमाण्डौ । सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवको बजेट पेस गर्दै यस्तो घोषणा गरेको हुन् ।
पौडेलले स्टार्टआपहरुलाई ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने बताए र यसका लागि ७३ करोड बजेट विनियोजन गरिएको छ ।
सरकारले जेन–जी पुस्तालाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिने भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।