काठमाण्डौ। सरकारले सामाजिक सुरक्षा सेवा लिनेका लागि राष्ट्रिय परिचय पत्र क्रमशः रुपमा अनिवार्य गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको बजेट पेस गर्दै यस्तो बताएका हुन् ।
उनले जेष्ठ र अशक्त नागरिकलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्न घुम्ति टोलीको ब्यबस्था गरिने समेत बताए । सरकारले १ खर्ब ९ अर्बरुपैयाँ सामाजिक सूरक्षाको लागि बजेट छुट्टाएको छ । हाल देशभर ३६ लाख बढी सामजिक सुरक्षा लिनेसेवा लिन ब्याक्तिहरु रहेका छन् ।