शुक्रबार, असार १२,२०८३ 01:41:23
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 01:41:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चीनले बहुमूल्य धातुको निर्यातमा प्रतिबन्ध लगाएसँगै संकटमा विश्व अटो क्षेत्र, स्विफ्टको उत्पादन बन्द

Laxmi Sunrise Bank Limited
चीनले बहुमूल्य धातुको निर्यातमा प्रतिबन्ध लगाएसँगै संकटमा विश्व अटो क्षेत्र, स्विफ्टको उत्पादन बन्द

काठमाण्डौ । चीनले बहुमूल्य धातु (रेयर अर्थ सामग्री) निर्यातमा लगाएको प्रतिबन्धको प्रत्यक्ष असर विश्वको अटो उद्योगमा देखिएको छ । मारुती सुजुकीको मूल कम्पनी सुजुकी मोटर कर्पोरेसनले जापानमा आफ्नो लोकप्रिय मोडल स्विफ्टको उत्पादन बन्द गर्नु परेको छ ।  

यस्तै युरोपका केही अटो कम्पनीहरूले पनि उत्पादन बन्द गरेका छन् । यसमा फोर्ड, निसन, बीएमडब्लू र मर्सिडिज जस्ता कम्पनीहरू सामेल छन्। चीनको प्रतिबन्धले भारतीय अटोमोबाइल क्षेत्रमा पार्ने सम्भावित प्रभावका कारण अर्को साता भारतीय टोली चीन जाने भएको छ । रोयटर्स एशियाको रिपोर्ट अनुसार स्विफ्टको उत्पादनमा मे २६ बाट प्रतिबन्ध सुरु भएको थियो। यद्यपि यसको स्पोर्ट मोडेलको उत्पादन भने जारी छ। सुजुकीले आधिकारिक रूपमा यसको पछाडि कुनै कारण बताएको छैन। तर चीनले बहुमूल्य धातुमा लगाएको प्रतिबन्धका कारण कम्पनीले यो कदम चालेको रिपोर्टले जनाएको छ ।

New Office
CG Motors
Garima Development Bank

निसानले यो परिस्थितिसँग जुध्ने उपायहरू खोज्न जापान सरकारसँग काम गरिरहेको बताएको छ। निसानका सीईओ इभान एस्पिनोसाले भने, ‘हामीले भविष्यका लागि आपूर्ति स्रोतहरूको विकल्प खोज्नुपर्छ र लचिलोपन कायम गर्नुपर्छ।’

युरोपेली अटोमोटिभ सप्लायर्स एसोसिएसनका अनुसार, फोर्डले मे को अन्त्यमा एक्सप्लोरर एसयूभीका लागि आफ्नो शिकागो एसेम्बली लाइन अस्थायी रूपमा बन्द गरेको छ । र युरोपेली पार्ट्स आपूर्तिकर्ताहरूले पनि आफ्नो सञ्चालन बन्द गर्न थालेका छन्।

मर्सिडीज बेन्ज उत्पादन प्रमुख जोर्ग बर्गरले आपूर्तिकर्ताहरूसँग निरन्तर वार्तामा भएको र मुख्य कम्पोनेन्टहरू भण्डारण गर्नतर्फ सोचिरहेको बताए । यदि चीनको प्रतिबन्ध यथावत रह्यो भने, यसको प्रभाव विश्वव्यापी रूपमा विद्युतीय सवारी उत्पादन गर्ने कम्पनीहरूमा देखिनेछ। कच्चा पदार्थको मूल्य बढ्ने भएकाले सवारीसाधनको भाउ पनि बढ्न सक्ने जनाइएको छ ।  

विश्व स्तरमा दुर्लभ सामग्रीको उत्खननमा चीनको हिस्सा करिब ७० प्रतिशत र उत्पादनमा करिब ९० प्रतिशत रहेको छ । अमेरिकासँगको व्यापार युद्ध बढ्दै गएपछि चीनले हालै ७ बहुमूल्य धातु (रेयर अर्थ सामग्री) निर्यातमा प्रतिबन्ध लगाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चीनले चिनियाँ बन्दरगाहहरूमा कार, ड्रोनदेखि रोबोट र क्षेप्यास्त्रहरू सम्मिलित गर्न आवश्यक म्याग्नेटको ढुवानी पनि रोकेको छ। यी सामग्रीहरू अटोमोबाइल, सेमीकन्डक्टर र एयरोस्पेस व्यवसायहरूको लागि धेरै महत्त्वपूर्ण मानिन्छन् ।  

अप्रिल ४ मा चीनले यी ७ बहुमूल्य धातुको निर्यातमा प्रतिबन्ध लगाउन आदेश जारी गरेको थियो । आदेश अनुसार यी बहुमूल्य धातुहरू र तिनीहरूबाट बनाइएका विशेष चुम्बकहरू विशेष अनुमति लिएर मात्र चीन बाहिर पठाउन सकिन्छ। कम्पनीहरूले चीनबाट चुम्बक आयात गर्न ‘अन्त उपयोग प्रमाणपत्र’ उपलब्ध गराउनु पर्नेछ। यी चुम्बकहरू सैन्य उद्देश्यका लागि भने होइनन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.