काठमाण्डौ । भारतको उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको छ । प्रदेशका मुख्यमन्त्री पुष्कर सिंह धामीले सो जानकारी दिएका हुन् ।
उनले एक्समा पोस्ट गर्दै भनेका छन्, ‘रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटनाको बारेमा अत्यन्तै दुखद खबर प्राप्त भएको छ।’ पुष्कर सिंह धामीले एसडीआरएफ र स्थानीय प्रशासन राहत कार्यमा संलग्न रहेको बताए ।
यससँगै उनले लेखेका छन्, ‘सम्पूर्ण यात्रुको सुरक्षाको लागि बाबा केदारसँग प्रार्थना गर्दछु।’ यो हेलिकप्टरमा सवार मानिसहरु केदारनाथ मन्दिरको दर्शन गर्न गइरहेको जनाइएको छ ।