सोमबार, असार २,२०८२ 01:52:37
  • सोमबार, असार २,२०८२ 01:52:37
Global IME Bank Limited

एनसेलको ‘सधैं अन करोडपति’ योजनाः१ करोड रुपैयाँ नगद बम्पर पुरस्कार, हरेक हप्ता १० लाख नगद

Hyundai Nepal
एनसेलको ‘सधैं अन करोडपति’ योजनाः१ करोड रुपैयाँ नगद बम्पर पुरस्कार, हरेक हप्ता १० लाख नगद
Nabil Bank Limited

काठमाण्डौ । एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘सधैँ अन करोडपति’ योजना सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत ग्राहकहरुले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउनेछन्।

यो योजना यत्तिमा मात्रै सीमित छैन। हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही १ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन्।यो साप्ताहिक नगद पुरस्कार १२ हप्तासम्म जारी रहनेछ। त्यसको साथै, यो योजनामा सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवा लगायत विभिन्न सेवा बोनस स्वरुप प्राप्त गर्दछन्् । जसले गर्दा यो योजना सबैका लागि हात खालि नजाने योजना बनेको छ।

‘सधैँ अन करोडपति’ योजना असार १ गतेदेखि लागू भएको छ र यो १२ हप्तासम्म सञ्चालन हुनेछ।यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सो भन्दा माथिको कुनैपनि एनसेल सेवा—जस्तै नयाँ सिम, डेटाप्याक, भ्वाइसप्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनुपर्छ।यो योजना आइतबारदेखि शनिबारसम्मको साप्ताहिक चक्र अनुसार सञ्चालन हुनेछ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘यो मनसुनमा, एक दशक भन्दा लामो समयपछि हामीले यो यति ठूलो योजना सञ्चालनमा ल्याएका छौं। सबैलाई सधैं सहज, सुलभ सेवामार्फत जोडी राख्ने हाम्रो प्रतिबद्धता बमोजिम, हामी हाम्रो ‘सधैं अन’ पहलअन्तर्गत यो योजना सञ्चालन गर्न पाएकोमा धेरै उत्साहित छौं।१ करोड रुपैयाँको नगद बम्पर पुरस्कारदेखि सहभागी सबैलाई केही न केही बोनसको व्यवस्था रहेकोले यो जना विषेश बनेको छ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने।

ग्राहकहरूले ८१२३३ डायलगरी, नजिकको आधिकारिक खुद्रा विक्रेता वा एनसेल सेन्टरमा गई, अथवा एनसेल एप, एनसेल वेबसाइटमार्फत एनसेल सेवाहरु लिन सक्छन्। त्यसैगरी एनसेल रिचार्ज तथा प्याक खरिद समर्थन गर्ने नेपालमा दर्ता भएका कुनैपनि डिजिटल वालेट वा बैंक प्लेटफर्ममार्फत एनसेल सेवा लिन सकिन्छ।

हरेक ९९ रुपैयाँबराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको १ वटा टिकट प्राप्त गर्नेछन्। यदि ग्राहकहरुले ४९९ रुपैयाँबराबरको सेवा खरिद गर्छन् भने, उनीहरूले ५ वटा टिकट प्राप्त गर्नेछन्। यसको मतलब प्याकको मूल्य जति बढी भयो जित्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ।ग्राहकहरुलाई सेवा खरिद पश्चात उनीहरुले पाएको आफ्नो टिकट हेर्न सकिने लिङ्क तुरुन्तै एसएमएसमार्फत पठाइनेछ।

यस योजनाको अर्को विशेषता भनेको रिन्यूअल वा रोमिङ सेवा खरिद गर्दा ग्राहकले नगद पुरस्कार जित्ने दोब्बर मौका प्राप्त गर्ने हो। उदाहरणका लागि, सामान्य रूपमा ९९ रुपैयाँको सेवा वा प्याक खरिद गर्दा १ वटा टिकट प्राप्त हुन्छ । तर यदि त्यो सेवा रिन्यू अलवा रोमिङ हो भने ग्राहकले २ वटा टिकटहरु प्राप्त गर्दछन्।

कुनै पनि नेपाली बैंकमा खाता र प्यान नम्बर भएका सबै प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहकहरू यस योजनामा सहभागी हुन योग्य हुनेछन्।पोस्टपेड प्रयोगकर्ताहरूले मासिक रूपमा सक्रिय रहेर वा नयाँ पोस्टपेड सिम खरिद गरेर सहभागी हुन सक्नेछन्।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.