शनिबार, फाल्गुन १०,२०८१ 02:58:34
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 02:58:34
IME remit
Global IME Bank Limited

म्युचुअल फण्डको विश्वास वाणिज्य बैंकहरुमा, बीमा कम्पनीमा पनि थपे १ अर्ब

Hyundai Nepal
म्युचुअल फण्डको विश्वास वाणिज्य बैंकहरुमा, बीमा कम्पनीमा पनि थपे १ अर्ब
Nabil Bank Limited

काठमाण्डौ । सञ्चालनमा रहेका ४३ वटा म्युचुअल फण्डले सूचीकृत कम्पनीको सेयरमा २९ अर्ब रुपैयाँ लगानी गरेका छन् । चालु आवको माघ महिनासम्ममा म्युचुअल फण्डहरुले विभिन्न कम्पनीहरुमा २९ अर्ब ६१ करोड ५७ लाख रुपैयाँ लगानी गरेका हुन् ।  

तथ्याङ्कअनुसार म्युचुअल फण्डहरुले सबैभन्दा बढी वाणिज्य बैंकको सेयरमा लगानी गरेका छन् । फण्डहरुले कुल लगानीको २२.५८ प्रतिशत अर्थात् ६ अर्ब ६८ करोड ७३ लाख रुपैयाँ कमर्सियल बैंकको सेयरमा लगानी गरेका छन् ।  

त्यस्तै, दोस्रो धेरै लगानी निर्जीवन बीमा कम्पनीहरुको सेयरमा छ । म्युचुअल फण्डहरुले कुल लगानीको १४.३ प्रतिशत अर्थात ४ अर्ब २३ करोड ३३ लाख रुपैयाँ यस्ता कम्पनीको सेयरमा लगानी गरेको छ ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

साथै जीवन बीमा कम्पनीको सेयरमा १३.३५ प्रतिशत हिस्सा अर्थात ३ अर्ब ९५ करोड ४२ लाख रुपैयाँ, लघुवित्त संस्थाहरुमा १२.३५ प्रतिशत अर्थात ३ अर्ब ६० करोड, हाइड्रोपावर कम्पनीमा ८.३८ प्रतिशत अर्थात २ अर्ब ४८ करोड, विकास बैंकमा ८.१२ प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ, म्युचुअल फण्डहरुमा ६.७९ प्रतिशत अर्थात २ अर्ब १ करोड रुपैयाँ र अन्य कम्पनीमा ५.९९ प्रतिशत हिस्सा अर्थात १ अर्ब ७७ करोड रुपैया लगानी रहेको छ ।  

यसका साथै उत्पादन तथा प्रशोधन कम्पनीको सेयरमा ३.३४ प्रतिशत वा ९८ करोड ९९ लाख, लगानी समूहमा २.१२ प्रतिशतको ६२ करोड ६५ लाख, वित्त कम्पनीहरुमा २७ करोड ८६ लाख रुपैयाँ, होटल तथा पर्यटन कम्पनीहरुमा २२ करोड ११ लाख रुपैयाँ र व्यापार समूहका कम्पनीमा २ करोड ८३ लाख रुपैयाँ लगानी रहेको छ ।  

कुन–कुन समूहमा बढाए लगानी ?  

म्युचुअल फण्डहरुले नेप्सेमा रहेका १३ वटै समूहका कम्पनीहरुमा लगानी गरेका छन् । चालु आर्थिक वर्षको साउन महिनाको तुलनामा माघ महिनासम्म आइपुग्दा फण्डहरुले ४ वटा समूहको कम्पनीमा लगानी घटाएका छन् भने ९ वटा समूहको कम्पनीमा लगानी थपेका छन् ।  

फण्डहरुले सबैभन्दा बढी अन्य समूहका कम्पनीहरुमा लगानी बढाएका छन् । साउनमा अन्य समूहको कम्पनीमा कुल लगानीको २ प्रतिशत अर्थात ५२ करोड ३ लाख रुपैयाँ मात्रै रहेको लगानी माघ महिनासम्म आइपुग्दा ३.९९ प्रतिशतले बृद्धि भई ५.९९ प्रतिशत अर्थात १ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।  

त्यस्तै, हाइड्रोपावर कम्पनीमा पनि म्युचुअल फण्डहरुले लगानीको हिस्सा ०.९७ प्रतिशतले बढाएका छन् । साउनमा जलविद्युत कम्पनीको सेयरमा १ अर्ब ९२ करोड ७५ लाख रुपैयाँ लगानी रहेकोमा माघसम्म बृद्धि भई २ अर्ब ४८ करोड ८ लाख रुपैयाँ पुगेको छ ।  

यसका साथै विकास बैंकमा लगानीको हिस्सा ७.२८ प्रतिशत रहेकोमा माघ महिनासम्म ०.८४ प्रतिशत बढेर ८.१२ प्रतिशत पुगेको छ । त्यस्तै, जीवन बीमा कम्पनीहरुमा ०.७८ प्रतिशतले बृद्धि भई १३.३५ प्रतिशत लगानी हिस्सा पुगेको छ । साउन महिनामा जीवन बीमा कम्पनीहरुमा कुल लगानीको १२.५७ प्रतिशत लगानी रहेको थियो ।  

उत्पादन तथा प्रशोधन कम्पनीहरुको सेयरमा पनि लगानीको हिस्सा १.०२ प्रतिशतले बृद्धि भएको छ । साउनमा यस्ता कम्पनीमा ६० करोड २४ लाख रुपैयाँ लगानी रहेकोमा माघ महिनामा बृद्धि भई ९८ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।  

त्यस्तै, वित्त समूहमा ०.५१ प्रतिशत, होटल तथा पर्यटन समूहमा ०.२१ प्रतिशत, म्युचुअल फण्डहरुमा ०.०७ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुमा ०.०६ प्रतिशतले लगानीको हिस्सा बढाएका छन् ।  

म्युचुअल फण्डहरुले चारवटा समूहको कम्पनीहरुमा भने लगानीको हिस्सा घटाएका छन् । सर्वाधिक कमर्सियल बैंकहरुमा ६.०७ प्रशितले लगानीको हिस्सा घटाएका छन् । साउन महिनामा कमर्सियल बैंकहरुमा ७ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ रहेको लगानी माघ महिनासम्म घटेर ६ अर्ब ६८ करोड ७३ लाख रुपैयाँ पुगेको छ । यसर्थ कमर्सियल बैंकबाट म्युचुअल फण्डहरुले ७६ करोड ७४ लाख रुपैयाँ रकम झिकेका छन् ।  

त्यस्तै, लघुवित्त संस्थाहरुमा ०.७१ प्रतिशत, लगानी समूहका कम्पनीहरुमा ०.०५ प्रतिशत र व्यापार समूहका कम्पनीहरुमा ०.०४ प्रतिशतले लगानीको हिस्सा घटाएका छन् ।  

बीमा कम्पनीमा मात्रै १ अर्ब लगानी थप  

म्युचुअल फण्डहरुले बीमा कम्पनीका सेयरमा १ अर्ब लगानी थपेका छन् । माघ महिनासम्ममा फण्डहरुले जीवन तथा निर्जीवन बीमा कम्पनीको सेयरमा ८ अर्ब १८ करोड ८० लाख रुपैयाँ लगानी गरेका छन् ।  

जुन यो साउन महिनामा रहेको लगानीको तुलनामा १७.३६ प्रतिशतले बढी हो । साउनमा म्युचुअल फण्डहरुले बीमा कम्पनीका सेयरमा ६ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ लगानी गरेका थिए ।  

जसमा निर्जीवन बीमा कम्पनीको सेयरमा मात्रै १४.२५ प्रतिशतले लगानी बढाएका छन् भने जीवन बीमा कम्पनीमा २०.८९ प्रतिशतले लगानी बढाएका छन् ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.