सोमबार, श्रावण १८,२०८३ 09:05:46
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:05:46
Bizshala
Global IME Bank Limited

आज कुन तरकारीको मूल्य कतिले भयो घटबढ ?

आज कुन तरकारीको मूल्य कतिले भयो घटबढ ?
New Office

काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज पालूङ्गो सागको मूल्य ५७ प्रतिशतले बढेको छ । यससँगै पालूङ्गो सागको मूल्य औषत प्रतिकेजी मूल्य ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने पालूङ्गो सागको औषत प्रतिकेजी मूल्य ३५ रुपैयाँ कायम थियो ।  

त्यस्तै आज रायो सागको मूल्य ३१ प्रतिशतले बढेर ५४ रुपैयाँ, चमसुरको साग १६ प्रतिशतले बढेर ३५ रुपैयाँ, काउली स्थानिय ५ प्रतिशतले बढेर ७५ रुपैयाँ, मूला रातो ५ प्रतिशतले बढेर ४१ रुपैयाँ, मूला सेतो लोकल ३ प्रतिशतले बढेर २८ रुपैयाँ, आलु रातो २ प्रतिशत बढेर ४३ रुपैयाँ, गाजर तराई ५ प्रतिशतले बढेर ४९ रुपैयाँ,न्यूरो ३० प्रतिशतले बढेर ३४ रुपैयाँ,सजिवन १० प्रतिशतले बढेर १६६ रुपैयाँ, घिउ सिमी लोकल ३ प्रतिशतले बढेर ५४ रुपैयाँ कायम भएको छ ।  

यस्तै आज भन्टा लाम्चोको मूल्य ३१ प्रतिशतले घटेर १३ रुपैयाँ, बोडी तने ५ प्रतिशतले घटेर ३४ रुपैयाँ, तिते करेला ६ प्रतिशतले घटेर २९ रुपैयाँ, लौका ३ प्रतिशतले घटेर २६ रुपैयाँ, परवल ५ प्रतिशतले घटेर ३३ रुपैयाँ, घिरौला ७ प्रतिशतले घटेर ५० रुपैयाँ, हरियो फर्सी डल्लो १६ प्रतिशतले घटेर ३० रुपैयाँ र ब्रोकाउली १६ प्रतिशतले घटेर ५८ रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.