काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)को सेयरमूल्य समायोजन भएको छ । कम्पनीले आव २०८०/८१ का लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८२५.७८ रुपैयाँ कायम भएको छ । आजको कारोबारबाट यहि मूल्यमा आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । समायोजअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९०८.३६ रुपैयाँ कायम थियो ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३१६७९० नगद लाभांश लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
लाभांश पारित गर्न कम्पनीले असार ३० गते ललितपुरको जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान १० बजेबाट २३ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ ।