आईतवार, श्रावण ३,२०८३ 03:28:06
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 03:28:06
Bizshala
Global IME Bank Limited

रिलायबल समृद्धि योजनाले सेयरबजारमा आक्रामक रुपमा लगानी बढाउँदै, साढे १३ करोड रुपैयाँ थप

रिलायबल समृद्धि योजनाले सेयरबजारमा आक्रामक रुपमा लगानी बढाउँदै, साढे १३ करोड रुपैयाँ थप
New Office

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कोष प्रवर्द्धनमा बीमा क्षेत्रमै पहिलो म्युचुअल फण्ड ‘रिलायबल समृद्धि योजना’ ले सेयरबजारमा लगानी १७७२.६५ प्रतिशतले बढाएको छ ।  

यो फण्डको कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ रहेको छ भने योजना व्यवस्थापकमा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेड रहेको छ । वैशाखमा मात्रै सर्वसाधारणका लागि इकाई बिक्री गरेको यो फण्डले दुई महिनाभित्रै १४ करोड ४४ लाख रुपैयाँ बराबरको सेयरबजारमा लगानी गरेको छ ।  

फण्डले पहिलो महिनामा भने जम्मा ५ वटा कम्पनीको सेयरमा मात्रै कुल ७७ लाख १६ हजार रुपैयाँको लगानी गरेको थियो । जेठ मसान्तसम्म आइपुग्दा फण्डले २६ वटा कम्पनीको सेयरमा लगानी गरेको छ ।  

फण्डको लगानी बढाउन योजना व्यवस्थापक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले कम्पनी छानेपनि लगानीका लागि कोषको व्यवस्था भने रिलायबल नेपाल लाइफले गर्दछ ।

फण्डले जेठ महिनासम्ममा ९ वटा वाणिज्य बैंक, दुई विकास बैंक, एक हाइड्रो कम्पनी, तीन बीमा कम्पनी, एक व्यापार कम्पनी, एक लगानी कम्पनी, तीन लघुवित्त संस्था, दुई म्युचुअल फण्ड, एक होटल र दुई अन्य समूहका कम्पनीमा लगानी गरेको छ ।  

यसअघि वैशाखमा फण्डले नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक र नेपाल टेलिकम गरी ५ वटा कम्पनीमा मात्रै लगानी गरेको थियो । रिलायबल समृद्धि योजनाले जेठमा २ लाख ८८ हजार ९८० कित्ता सेयर थप गरेको छ । जसमा फण्डले १३ करोड ६७ लाख ८१ हजार रुपैयाँ लगानी रकम बढाएको छ ।  

रिलायबल समृद्धि योजना एक बन्दमुखी प्रकारको फण्ड हो । यो १० वर्षे अवधिको योजना हो । यस योजनाले सेयरबजार वा मुद्दती निक्षेपमा लगानी गरी कमाएको खुद नाफाको अनुपातमा इकाईको अंकित मूल्यका आधारमा मुनाफा वितरण गर्नेछ । खुद नाफाबाट लाभांश कट्टा गरी बाँकी रहेको रकम सञ्चित मुनाफा पुनः लगानीका लागि उपयोग गर्न सकिने सुविधा समेत यो योजनामा दिइएको छ । लगानीकर्ताहरुले दोस्रो बजारमार्फत पनि यो योजनाको इकाईहरु खरिद गर्न सक्नेछन् ।  

रिलायबल समृद्धि योजनाका लगानीकर्ताले पहिलो वर्ष नै ८.३२ प्रतिशत प्रतिफल पाउने प्रक्षेपण गरिएको छ । त्यस्तै, दोस्रो वर्ष १३.४५ प्रतिशत प्रतिफल वितरणको अनुमान गरिएको छ ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.