रिलायबल समृद्धि योजनाको १२ करोड इकाई नेप्सेमा सूचीकृत
काठमाण्डौ । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजनाअन्तर्गतको ‘रिलायबल समृद्धि योजना’का ईकाइहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । आज सोमबार नेप्सेमा रिलायबल समृद्धि योजनाको प्रति इकाई मूल्य रु १० कायम भएको १२ करोड इकाई सूचिकृत भएको हो ।