रिलायबल समृद्धि योजना–२ नेप्सेमा सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ‘रिलायबल समृद्धि योजना–२’ सूचीकृत भएको छ । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिलट लिमिटेडबीच रिलायबल सामूहिक लगानी कोष अन्तर्गतको उक्त म्युचुअल फण्ड आज सूचीकृत भएको हो । फण्डको प्रतिइकाई १० रुपैयाँ कायम भएको छ । कुल १२ करोड ५० लाख इकाई फण्ड सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त फण्ड साउन २५ गतेदेखि कारोबार सुरु हुनेछ...

