काठमाण्डौ । अर्थ मन्त्रालयअन्तर्गत रहेको महालेखा नियन्त्रकमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । अर्थमन्त्रालयका सुचना अधिकारी अम्बिका प्रसाद खनालका अनुसार पौडेलले बुधबार कार्यभार सम्हालेका हुन् ।
उनलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले महालेखा नियन्त्रक नियुक्त गरेको खनालले जानकारी दिए । पौडेल यस अघि नेपाल स्टक एक्सचेञ्जमा अध्यक्षको जिम्मेवारीमा पनि रहेका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।