बिहीबार, असार १८,२०८३ 07:19:37
Bizshala
  • बिहीबार, असार १८,२०८३ 07:19:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने निर्णयमा, समर्थन फिर्ता

Laxmi Sunrise Bank Limited
नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने निर्णयमा, समर्थन फिर्ता

काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीले संघीय सरकारबाट बाहिरिने निर्णय गरेको छ। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

New Office
CG Motors
Garima Development Bank

पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै संघीय सरकारबाट बाहिरिने औपचारिक निर्णय गरिएको जानकारी दिए। उनले भने, "हाम्रो संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ। भोलि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको राजीनामा प्रधानमन्त्रीलाई बुझाइनेछ।"

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नागरिक उन्मुक्तिका एक मन्त्रीलाई कांग्रेस–एमाले गठबन्धन सरकारले पूर्वसम्झौता र छलफलविनै बर्खास्त गरेपछि पार्टी असन्तुष्ट बनेको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसको प्रत्यक्ष प्रतिक्रिया स्वरूप पार्टीले संघीय र प्रादेशिक दुवै सरकारबाट बाहिरिने निर्णय लिएको हो। यो निर्णयसँगै नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट अलग भएर अब प्रतिपक्षको भूमिकामा सक्रिय हुने देखिएको छ। पार्टीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आगामी दिनमा सशक्त ढंगले आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.