काठमाण्डौ । नेपाल एसबीआई बैंकले २०८२ असार ३० गतेदेखि १० वर्ष अवधिको ऋणपत्रको बिक्री खुलाउने भएको छ ।
बैंकले वार्षिक ७ प्रतिशत ब्याज पाउने '७% नेपाल एसबीआई बैंक ऋणपत्र-२०९०' का इकाईहरुको बिक्री सर्वसाधारणका लागि खुलाउन लागेको हो ।
असार ३० गतेदेखि ऋणपत्रका युनिट खरीदका लागि आवेदन खुल्ने र छिटोमा साउन १ गतेसम्म र ढिलोमा साउन १२ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।
बैंकले प्रति ऋणपत्र रु. १००० अंकित मूल्यका ३० लाख कित्ताले हुन आउने रु.३ अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्ब ८० करोड ऋण पूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गर्ने तथा ४० प्रतिशत अर्थात १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब २० करोड ऋण पूँजी रकम(सोमध्ये ५ प्रतिशत म्युचुअल फण्डहरुका लागि छुट्याइएको) सर्वसाधारण नेपालीका लागि सार्वजनिक निश्कासनबाट बिक्री गर्न लागेको हो ।
इच्छुकले न्यूनतम २५ देखि अधिकतम १२ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले काम गरिरहेको छ ।