काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि साउन २९ गते समाप्त हुने भएको छ। उक्त मितिमा संस्थाको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।
संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १५ लाख २५ हजार कित्ता र कर्मचारीको स्वामित्वमा रहेको १२ हजार ५०० कित्ता गरी कुल १५ लाख ३७ हजार ५ सय कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको संस्थाले जनाएको छ ।
संस्थाले २०७९ साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत) लाई आईपीओ निष्कासन गरेको थियो । सर्वसाधारणमा उक्त आईपीओ २०७९ साउन ३० गते बाँडफाँड गरिएको थियो ।
लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् । तर संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु तथा व्यवस्थापन तहका कर्मचारीहरुले भने अवकाश प्राप्त गरेको मितिले १ वर्षसम्म खरिदबिक्री गर्न पाउने छैनन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (1).png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                