काठमाण्डौ । भोटेकोशीमा नदिमा आएको भीषण बाढीले चीनसँगको व्यापारिक रसुवागढी नाकामा रहेको मितेरी पुल बगाएको छ । मंगलबार बिहान आएको बाढीले नेपाल(चीन जोड्ने मितेरी पुल बगाएपछि नेपाल–चीन सम्पर्क टुटेको छ ।
उक्त बाढीले सुख्खा बन्दरगाहमा समेत क्षति पुगेको छ । बाढीका कारण बन्दरगाहमा जाँचपासका लागि राखिएका ईभी गाडीहरु बगाएको छ । बाढीले रसुवागढी जलविद्युत आयोजनाको ड्याममा पनि क्षति पुगेको छ । बाढी आएपछि आयोजनामा कार्यरत कर्मचारीहरु भागेर सुरक्षित स्थानमा रहेको र उनीहरुको उद्धार कार्य जारी रहेको जनाइएको छ ।
आयोजनाको विद्युत् उत्पादन गृहमा भने क्षति नपुगेको जनाइएको छ ।




प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।