बुधबार, श्रावण २०,२०८३ 07:44:21
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 07:44:21
Bizshala
Global IME Bank Limited

दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा

दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा
New Office

काठमाण्डौ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा आएको छ । निरन्तर वर्षासँगै भासिएको सडक मर्मतपश्चात आज साढे १२ बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।  

यससँगै बिहानैबाट रोकिएका यात्रुवाहक र साना सवारी साधनलाई पालैपालो आउजाउ गर्न दिइएको छ । बर्दघाट नगरपालिका ४ खुर्सानीखोलामा आज बिहानपख तीन फिट जति सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको थियो ।  

पूर्णरुपमा राजमार्ग सुचारु गराउन नारायणगढ बुटवल सडक विस्तार आयोजनाले मर्मतको काम गरिरहेको छ । गत वर्षपनि सोही स्थानमा सडक भासिदा दुई दिनसम्म राजमार्ग सुचारु हुन सकेको थिएन । गत वर्ष पहिरोले भासिएको सडक मर्मत गरेर सुचारु गरिएको भएपनि यस वर्ष पानी पर्न थालेपछि सोही स्थानमा फेरि सडक भासिएको हो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.