बिहीबार, श्रावण २१,२०८३ 05:12:33
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 05:12:33
Bizshala
Global IME Bank Limited

नेपाली व्यवसायिक प्रतिनिधिहरू व्यवसायका सम्भावनाहरू बुझ्न एयरबसको कार्यालयमा

नेपाली व्यवसायिक प्रतिनिधिहरू व्यवसायका सम्भावनाहरू बुझ्न एयरबसको कार्यालयमा
New Office

काठमाण्डौ । जर्मन एशिया प्रशान्त व्यवसायिक संघ र नेपाल जर्मन उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा जर्मनीको हाम्बर्गमा लगानीलाई सुदृढीकरण गर्न एयरबस कार्यालयमा विशेष बैठक सम्पन्न भएको छ।

एशिया एशिया प्रशान्त व्यवसायिक संघका प्रमुख अल्मुटरोबनेरले नेपाली व्यवसायिक प्रतिनिधिहरूलाई थप व्यापार साझेदारीलाई नवीन तरीकाले लानुपर्ने बताउँदै त्यस कार्यक्रममा स्वागत गर्दै बताए। यस्तै जर्मन एशियाका लागि क्षेत्रीय प्रबन्धक इनेसबुदारिकले दक्षिण एसिया, नेपाल र जर्मनी दुई देशहरुबीच व्यापारिक कारोबार बढाउनु पर्नेमा जोड दिदै दुई देश नेपाल र जर्मनीलाई व्यवसाय बढाउन महत्वपूर्ण हुने बताए ।  

नेपाली राजदूतावास जर्मनीका राजदूत डासैल रुपाखेतीको प्रयासमा सम्पन्न कार्यक्रममा उनले दुईदेशबीच आर्थिक गतिविधि साथै लगानी बढाउन आवश्यकम रहेको बताए । राजदूतले नेपाल जर्मनी उद्योग वाणिज्य संघको संयोजकत्वमा नेपाल र जर्मनीबीच व्यापार तथा लगानी बढाउनु पर्ने बताए ।पर्यटन तथा अन्य क्षेत्रमा धेरै नै लगानीको सम्भावना भएकाले सन्तोष चन्द्र कुवरको अध्यक्षमा सञ्चालित जर्मन उद्योग वाणिज्य संघले धेरै भूमिका खेल्नुपर्नेमा जोड दियो।

उक्त बैठकमा नेपाल, जर्मन, चीन, चीन, भारत, पाकिस्तान र अन्य देशका गरी १५० भन्दा बढी व्यवसायिक सहभागीले भाग लिएका थिए । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.