मंगलवार, श्रावण १९,२०८३ 02:08:13
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:08:13
Bizshala
Global IME Bank Limited

दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँड, ५ जना भाग्यमानीको हातमा ११ कित्ता

दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँड, ५ जना भाग्यमानीको हातमा ११ कित्ता
New Office

काठमाण्डौ । दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आइपीओ बाँडफाँड भएको हो । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ । 

बिक्री प्रबन्धका अनुसार २ लाख ४२ हजार ३१८ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् भने ५ जनाले थप एक कित्ता सेयर गरी ११ कित्ता आइपीओ प्राप्त गरेका छन् । कम्पनीको आइपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेकोमा २२ लाख ८३ हजार २२६ जनाको आवेदन मात्रै सदर भएको छ भने १३ हजार २३९ जनाको आवेदन बदर भएको छ । 

कम्पनीको आइपीओमा २ करोड ६४ लाख ९८ हजार ५९० कित्ताका लागि आवेदन परेकोमा २ करोड ६३ लाख १२ हजार ६८० कित्ता सेयर मात्रै सदर भएको छ । आइपीओको नतिजा भने सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडले सञ्चालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.