बुधबार, श्रावण २०,२०८३ 07:58:11
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 07:58:11
Bizshala
Global IME Bank Limited

आईफोन १७ सिरिजको लञ्च मिति तय, के–के हुनेछ नयाँ ?

आईफोन १७ सिरिजको लञ्च मिति तय, के–के हुनेछ नयाँ ?
New Office

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले आगामी सेप्टेम्बर ९ तारिखमा आईफोन १७ सिरिज लञ्च गर्ने भएको छ । कम्पनीले आफ्नो सबैभन्दा ठूलो इभेन्टको आयोजना मिति तय गर्दै यस्तो घोषणा गरेको हो ।  

यो इभेन्ट एप्पल पार्कस्थित स्टिभ जब्स थिएटरमा आयोजना हुनेछ । नेपाली समयअनुसार यो इभेन्ट राती १०.४५ बजेदेखि सुरु हुनेछ । एप्पलको यो लञ्च इभेन्टमा नयाँ डिजाइनमा आईफोन देख्न सकिने जनाइएको छ । यसका साथै यसपटक आईफोनको पातलो डिजाइन अर्थात ‘आईफोन एयर’पनि लञ्च हुने सम्भावना रहेको छ ।  

यो एकदमै स्लिम फोन हुनेछ, त्यसैले यसको नाम ‘एयर’राखिएको छ । यो फोनको डिस्प्ले ६.६ इन्च हुने जनाइएको छ । यसका साथै यसमा एप्पल आफैले बनाएको सीवान मोडेम समेत प्रयोग हुनेछ ।  

तथापी यो फोनको पछिल्लो भागमा एउटा मात्रै क्यामेरा हुने जनाइएको छ । यो फोनले आईफोनको प्लस मोडलको स्थान लिनेछ । यसको अर्थ यसपटक आईफोन १७, आईफोन १७ प्रो रआईफोन १७ प्रो म्याक्स मात्रै देख्न सकिनेछ ।  

आईफोन १७ प्रो मोडलमा कयौं ठूला र अत्यावश्यक सुधार देख्न सकिनेछ । सबैभन्दा पहिलेत यी मोडलहरुमा पहिलेको भन्दा बलियो आल्मुनियम फ्रेमको प्रयोग गरिनेछ । यसपटक एप्पलले टाइटेनियमलाई बिदाई गर्न सक्छ । उच्च स्तरको आल्मुनियमको फ्रेमको प्रयोगले फोन धेरै टिकाउ र बलियो हुनेछ । ्

यसका साथै पछिल्लो भागको क्यामेरा मोड्युलको डिजाइन पनि पूर्ण रुपमा परिवर्तन हुनेछ । सम्पूर्ण आईफोन १७ सिरिजमा एप्पलको नयाँ ए१९ र ए१९ प्रो प्रोसेसर चिप्स प्रयोग हुनेछ । जसले फोनको पर्फरमेन्सलाई चुस्त बनाउनेछ । सबैभन्दा खुसीको कुरा आईफोन १७ को सबै मोडलमा प्रोमोसन डिस्प्ले उपलब्ध हुनेछ । अहिलेसम्म भने यो फिचर्स प्रो मोडलमा मात्रै उपलब्ध हुँदै आएको थियो । यो फिचर अब बेसिक मोडलमा समेत उपलब्ध हुने जनाइएको छ । प्रो मोसन डिस्प्लेको अर्थ स्क्रिन १२० हर्जको रिफ्रेस रेटका साथ काम गर्नेछ ।  

आईफोनको इभेन्टमा आईफोन १७ सिरिजका साथै एप्पल वाच सिरिज११, एप्पल वाच अल्ट्रा थ्रि र एप्पल वाच एसई थ्रि लञ्च गरिनेछ । यस्तै एयरपड प्रो थ्रि पनि आउने सम्भावना रहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.