विश्वभर आईफोन १७ सिरिजको बिक्री सुरु
काठमाण्डौ । शुक्रबारबाट विश्वभर आईफोन १७ सिरिजका मोबाइलहरुको बिक्री सुरु भएको छ । एप्पलले आजबाट विश्वभर आईफोन १७ प्रो, आईफोन १७ प्रो म्याक्स र आईफोन एयरको बिक्री सुरु गरेको हो । यसका साथै कम्पनीले नयाँ एप्पल वाच र एयरपड मोडलहरु समेत बिक्री सुरु गरेको छ । अमेरिकामा भने यी आईफोन १७ सिरिजका फोनहरु गत सेप्टेम्बर १२ देखिनै प्रि–अर्डरमा राखिएको थियो ।