शुक्रबार, जेष्ठ १,२०८३ 06:18:34
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 06:18:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आईफोन १७ प्रो म्याक्सको भिडियो लिक, यस्तो छ फर्स्ट लुक

Laxmi Sunrise Bank Limited
आईफोन १७ प्रो म्याक्सको भिडियो लिक, यस्तो छ फर्स्ट लुक
Shivam Cement

काठमाण्डौ । एप्पलको अपकमिङ फोन अर्थात आईफोन १७ सिरिजको बारेमा विभिन्न जानकारीहरु सार्वजनिक भईरहेका छन् । यस्तोमा हालै आईफोन १७ प्रो म्याक्सको एउटा ह्यान्ड्स अन भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा आईफोन १७ प्रो म्याक्सको डिजाइन प्रष्ट रुपमा देख्न सकिन्छ । यो फोन आईफोन १६ प्रो म्याक्सको तुलनामा अधिक मोटो हुनेछ ।  

कम्पनीले आईफोन १७ सिरिजलाई यो वर्षको सेप्टेम्बर महिनामा लञ्च गर्न सक्ने जनाइएको छ । तथापी यसको लञ्चिङको विषयमा कुनै निश्चित मिति भने सार्वजनिक भईसकेको छैन । आईफोन १७ प्रो सिरिजमा ठूलो डिजाइनसहितको परिवर्तन देख्न सकिने जनाइएको छ ।  

टिप्स्टर माजिनबु अफिसियलले एउटा भिडियो सेयर गरेको छ । यो भिडियोमा आईफोन १७ प्रो म्याक्सको डमी देखाइएको छ । आईफोन १७ प्रोको भिडियो सार्वजनिक भएको यो कुनै पहिलोपटक भने होइन । उक्त भिडियोमा रियर तथा फ्रन्ट फेस स्पष्ट रुपमा देख्न सकिन्छ ।  

Bizshala
New Office
CG Motors

यसका साथै, साइडबाट पनि फोनको ओभर भ्यू देख्न सकिन्छ । समग्रमा भिडियोमा फोनको बारेमा थुप्रै डिटेल्सहरु देख्न सकिन्छ । रियर प्यानलमा नयाँ क्यामेरा मोड्युल देख्न सकिन्छ, जुन एउटा साइडबाट दोस्रो साइडसम्म फैलिएको छ । फोनको बायाँ भागमा तीनवटा क्यामेरा दिइएको छ । यस्तै एलईडी फल्यास तथा लिडार स्क्यानर राइट साइडमा दिइएको छ ।  

भिडियोमा फोनको डाइमेन्सनको बारेमा जानकारी भने छैन । तर हेर्दा यो आईफोन १६ प्रो म्याक्सको तुलनामा केही मोटो देखिन्छ ।     

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.