काठमाण्डौ । सरकारले सामाजिक सामाजिक सञ्जालहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता हुन सार्वजनिक रुपमा आह्वान गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सात दिनभित्र फेसबुकल लगायतका सामाजिक सञ्जालहरुलाई सूचीकरण हुन आह्वान गरेको हो ।
साथै तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउने सूचना तथा प्रविधि मन्त्रालयले जनाएको छ ।