काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आव २०८१/८२ का लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि भदौ १३ गते एक दिनका लागि बुक क्लोज गर्दैछ। यसर्थ भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
यो लाभांश पारित गर्नका लागि कम्पनीले भदौ २५ गते काठमाण्डौको आम्रपाली ब्याङक्वेटमा बिहान १० बजेदेखि १७ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त साधारण सभाले अनुमोदन गरेपश्चात प्रस्तावित लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ ।