हाथवे इन्भेष्टमेन्टको आम्दानी र नाफा दुवै घट्यो, ईपीएस जम्मा ०.५६ रुपैयाँ
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आम्दानी र नाफा दुवै घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ४४ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८७.३६ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ३ करोड ४९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।...

