Bizshala
  • बिहीबार, माघ २९,२०८२ 10:16:57
Bizshala
Global IME Bank Limited
Bizshala

हाथवे इन्भेष्टमेन्टको आम्दानी बढ्दा पनि खर्च दोब्बर नजिक, नाफा ३०% ले वृद्धि

हाथवे इन्भेष्टमेन्टको आम्दानी बढ्दा पनि खर्च दोब्बर नजिक, नाफा ३०% ले वृद्धि
Shivam Cement

काठमाण्डौ। हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उत्साहजनक आम्दानी वृद्धि हासिल गरे पनि तीव्र रूपमा बढेको खर्चले नाफा वृद्धिको गति सीमित बनाएको देखिएको छ। सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा १ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ करोड ४९ लाख रुपैयाँको तुलनामा ३०.२९ प्रतिशतले बढी हो।

कम्पनीको कुल आम्दानी भने उल्लेख्य रूपमा ७६.१७ प्रतिशतले वृद्धि हुँदै ९ करोड ८८ लाख रुपैयाँ पुगेको छ। गत वर्षको दोस्रो त्रैमाससम्म यस्तो आम्दानी ५ करोड ६१ लाख रुपैयाँ थियो। आम्दानीमा देखिएको उच्च वृद्धिदरले कम्पनीको लगानी विस्तार र आर्थिक क्रियाकलाप बढेको संकेत गर्छ।

Bizshala
Garima Development Bank
New Office

तर, खर्च पक्ष पनि तीव्र गतिमा विस्तार भएको छ। अघिल्लो वर्ष ३ करोड ६७ लाख रुपैयाँ रहेको कुल खर्च समीक्षा अवधिमा बढेर ७ करोड ९१ लाख रुपैयाँ पुगेको छ, जुन लगभग दोब्बर हो। आम्दानीसँगै खर्च पनि तीव्र रूपमा बढ्दा सञ्चालन दक्षता र लागत व्यवस्थापन कम्पनीका लागि आगामी चुनौतीका रूपमा देखिएको छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

समीक्षा अवधिसम्म कम्पनीले ७ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ। कम्पनीको रिटेन्ड अर्निङ १५ करोड २३ लाख रुपैयाँ रहेको छ भने फेयर भ्यालु रिजर्भमा ३९ करोड ८८ लाख रुपैयाँ सञ्चित रहेको छ। चुक्तापूँजी १ अर्ब ५८ करोड रुपैयाँ कायम छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.२३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६७.३८ रुपैयाँ ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८५.९२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७२०.९० गुणा कायम भएको छ । 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.