बुधबार, चैत्र २०,२०८१ 02:41:41
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:41:41
IME remit
Global IME Bank Limited

हाथवे इन्भेष्टमेन्टद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

Hyundai Nepal
हाथवे इन्भेष्टमेन्टद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी कात्तिक २५ गते आइतबारका दिन काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । 

उक्त सभामा गत आव २०८०/८१ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै, कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, सोहि मितिमा समाप्त आव २०८०/८१ को आयव्यय हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरी पारित गर्ने, आव २०८१/८२ को बाह्य लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिको रिक्त पदमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको नियूक्तीलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन तथा लाभांश पाउन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.